महानगरीय प्रहरीद्धारा १ दर्जन संस्था सम्मानित


कोरोना भाइरसको महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले सम्मान गरेको छ । कोभिड १९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाहरुलाई सम्मान गरिएको हो ।

चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रममा महाप्रवन्धक तिलकराम शर्मा, पन्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ, सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ, जश श्रेष्ठ र जेविश श्रेष्ठ, जोन्टा क्लवका अध्यक्ष सीमा गोल्छा, परिवर्तनका लागि संगीत नेपालका अध्यक्ष ईश्वर बज्राचार्य, टेवा संस्थाका अध्यक्ष छिङ लमू शेर्पा, थ्रेड गार्मेन्टका प्रोपाइटर कृष्णराज तिमल्सिना, डिलाइट पार्टी भेन्टका प्रोपाईटर चेतनाथ बजगाई लगायत रहेका छन् ।

सम्मानित सबै संस्थाहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।