क्लासिक टेकले सञ्चार माध्यमको डोमेन ब्लक गरेको होइन – आईस्पान


इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएशन (आईस्पान) ले क्लासिक टेकले सञ्चार माध्यमको डोमेन ब्लक नगरेको भन्दै आरोपको खण्डन गरेको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आइस्पानले कम्पनीको विषयमा समाचार सम्प्रेषण भएकै आधारमा आफ्नो सेवा भित्र सञ्चार माध्यमको डोमेन ब्लक गरेको भन्ने आरोपको खण्डन गरेको हो ।

क्लासिक टेकले उक्त समाचार संस्थाको डोमेन ब्लक गरेको भनेर सम्प्रेषण भएका समाचारहरुप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । सञ्चार माध्यम मात्र नभई कुनै पनि वेबसाइटको डोमेन ब्लक गर्ने अधिकार सेवाप्रदायकसँग नरहने भन्दै आईस्पानले नियोजित रुपमा क्लासिक टेकलाई लक्षित गरेर अतिरञ्जित गरिएको जनाएको छ ।

“आमसंचारमाध्यम तथा नागरिकहरुको सुसुचित हुने अधिकारको सदैव सम्मान गर्दछौं” आइस्पानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले सञ्चार माध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको जानकारी गरौदछौँ” विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।