धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नती गरिँदै


कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरीने टर्मीनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलका पुर्वाधार शिलान्यास गरेका हुन् ।

शिलान्यास भएका पुर्वाधार तयार भए पछि सुदुर पश्चिमका यात्रुलाई सहज हुने मन्त्री आलेले बताए ।

वायु सेवाप्रदायकहरुलाई रात्रीकालिन पार्किङका लागि पुर्वनिर्धारित बेसलाई अनिवार्य गरेसँगै गेटा विमानस्थलबाट पहिलो उडान भर्नुपर्ने भन्दै मन्त्री आलेले सेवाग्रहीले जहाज कति बेला आउँछ भनेर सोध्नु नपर्ने बताए ।

असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नु पर्ने निर्णय कार्यान्वायन हुँदैछ ।

कैलालीको धनगढी स्थित गेटा विमानस्थलको स्तरोन्नती सहित क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागिएको हो । विमानस्थलको संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब रुपैंया बजेट विनियोजन गरिएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको होे ।

गेटा विमानस्थलक्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने २५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया सुरु भएको छ ।

तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका मन्त्री आलेले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पर्यटक भित्रयाउन र प्रचार प्रसारका लागि गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन जरुरी रहेको बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।