सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माण गर्न आग्रह


नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ ।

महासंघको प्रतिनिधिमण्डलले संसद्को उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँगको छलफलमा सुनचाँदी व्यवसाय सम्बन्धी प्रष्ट कानून नभएको जनाउँदै कानुन बनाउन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संसद्को उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसदहरूसँग भेटगरी शीघ्र कानून निर्माणका लागि पहल गर्न आग्रह गरेको हो । 

भेटका क्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनुपर्ने विषयहरूका बारेमा समेत जानकारी गराएको थियो । 

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध व्यवसायी मर्कामा पर्दै आएकोतर्फ उनीहरूले समितिको ध्यानाकर्षण गराएका थिए ।

कानून निर्माणका लागि व्यवसायीका तर्फबाट बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनवाई नभएको उनीहरूको गुनासो छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।