चीनसँगको व्यापार सहजिकरणका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरको आग्रह


चीनसँगको व्यापार सहजिकरण गरिदिनका लागि नेपाल चेम्बर अफ कमर्शले नवनियुक्त चीनका लागि नेपाली राजदुत विष्णु पुकार श्रेष्ठसँग आग्रह गरेको छ ।

चेम्बर अफ कमर्सका पदाधिकारीले राजदूत श्रेष्ठसँग भेट गरी नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल गरेको हो ।

छलफलका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिएका थिए । नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य बस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने उनको भनाई थियो । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाई नेपाल चीन व्यापार सहजीकरणको लागि कृयाशील बनाउनु पर्नेमा चेम्बर अध्यक्ष मल्लले जोड दिए ।

नेपाल चीनबीच केरुङ भएर हुने व्यापारमा आयातकर्ताले अनावश्यक खर्चहरु व्यहोर्नु परेकोले व्यावसायीक लागत अधिक बढेकोतर्फ मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । चिनियाँ नागरिकहरुको बिश्व भ्रभण गर्ने प्रवृति बढदै गइ रहेको सन्र्दभमा त्यसको फाईदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाई थियो ।

नेपालको पूर्वाधार बिकासमा चिनियाँ लगानी भित्राउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरे । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रबिधि हस्तान्तरणको लागि पहल गर्न पनि मल्ले आग्रह गरेका थिए ।

राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पु¥याउन आफुले अधिकतम पहल गर्ने बताएका थिए ।

भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।