साताको चौथो कारोबार दिन बुधबार सेयर बजार तीव्र उतार चढावका बीच पाँच अंकले घटेर बन्द भएको छ । तरलता र ब्याजदरको चुपुवामा परेको सेयर बजार लाभांश सिजनमा नै ऋणात्मक बन्दै आएको छ । पछिल्लो तीन दिनमा नेप्से सूचक ६६.१४ अंकले घटेको हो । बुधबार ५.११, मंगलबार ४३.३५ र सोमबार १७.६८ अंकले नेप्से घटेको हो ।…