हिमालयन डिष्टिलरीको नाफा सामान्य बढ्दा इपिएस ५० प्रतिशत घट्यो

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्ममा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार १.३३ प्रतिशत मात्र खुद नाफा बढाएको कम्पनीको गत आवमा ७५…