रास्वपाको प्रतिज्ञापत्रमा समावेश भारतसँगको मुद्रा पेगिङ : आन्तरिक उत्पादन बढाउनुपर्नेमा अर्थविद्को जोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी प्रतिज्ञापत्रमा भारतसँगको स्थिर विनिमय दरमा पुनरावलोकन गर्ने उल्लेख गरेको थियो । “भारतीय रुपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौँ,” प्रतिज्ञापत्रको बुँदा नम्बर २३ मा उल्लेख गरिएको थियो । अहिले रास्वपाले दुईतिहाइ नजिकको सरकार गठन…