काठमाडौँ । सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको ऋण लिनेको संख्या घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सहुलियत ऋण लिनेको संख्या गत वर्षको तुलनामा ५१.३६ प्रतिशत घटेको छ । चालु आवको पाँच महिना (साउन–मंसिर) मा विभिन्न शीर्षकमा ७९ हजार ५१० जनाले…