महासंघ २ नम्बर प्रदेशका अध्यक्षको चण्डी ढकाललाई चुनौती : प्रधानसँग चुनावी मैदानमा उत्रिनुहोस्


नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला दुवै पक्ष शक्ति प्रदर्शनको क्रममा छन् । यस क्रममा सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको प्रधान समुहको चुनावी कार्यक्रममा महासंघको साख गिराउने काम महासंघ भित्रैबाट भएको आरोप लगाएका छन् ।

चुनावी अभियानलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिव कुमार शाह (हिरा) ले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई महासंघको साख गिराउने काम बन्द गरेर स्वच्छ छवी बनाउन आग्रह गरेका छन् । महासंघमा पछिल्लो समय विवादित व्यक्तिका रुपमा उदाएको भन्दै शाहले ढकाललाई महासंघको हीतलाई ध्यानमा राखेर अघि बढ्न आग्रह गरेका हुन् ।

महासंघमा ढकालको अवस्था विगतको जस्तो नरहेको बताएका उनले अझै महासंघलाई घुमाउन सक्ने खुबी रहेको भ्रममा नपर्न पनि उनले आग्रह गरे । उनले त्यस्तो भ्रम ढकालमा रहेको भए अहिले वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानसँग चुनाव लडेर भ्रमलाई सत्यसावित गर्न चुनौती दिए ।

कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितीमा महासंघको नेतृत्व सहमतिमा चयन हुनु पर्ने भए पनि ढकालका कारण नै त्यस्तो हुन नसकेको आरोप लगाएका शाहले महासंघमा क्यान्सरको भूमिका निर्वाह नगर्न ढकाललाई चुनौती दिए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानको टोलीलाई जनकपुरमा विशेष स्वागत, १ र २ प्रदेशबाट जिताउने प्रतिबद्धता

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।