खुल्यो केराउ, सुपारी र मरिचको आयात


सरकारले केराउ, सुपारी र कालो मरिचको आयात खुला गरेको छ।

मुलुकमा खपत हुनेभन्दा बढी मात्रामा कारोबार हुने यी उत्पादन तेस्रो मुलुकबाट आयात गरी भारत निर्यात हुँदै आएको थियो । तस्करी बढ्दै गएको भन्दै सरकारले राजपत्रमा सूचना निकालेर २०७६ चैत २४ गते उल्लेखित तीन वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले उल्लेखित वस्तुको आयात खुल्ला गरेको हो।

व्यवसायीसँगको छलफपछि गत चैतदेखि असार मसान्तसम्मका लागि आयात खुल्ला गरिए पनि सो लगत्तै आयातमा प्रतिबन्ध लगाइएको थियो । अहिले फेरी सरकारले आयात खुल्ला गरेको हो । औद्योगिक प्रायोजनका लागि भन्दै सरकारले आयात खुलाएको हो।

सरकारले औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ (एचएस कोड ०७१३.१०.००), सुपारी (एचएस कोड ०८०२.८०.००) र कालो मरिच (एचएस कोड ०९०४.११.३०) को आयात खुल्ला गरिएको राजपत्रमा उल्लेख छ।

“नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठरीमा बन्देज लगाई खण्ड ६९, संख्या ५२, २०७६ चैत २४ को नेपाल राजपत्र भाग ५ मा सूचना पकाशन गरेकोमा सोही दफाको उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठरीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८’ को प्रक्रिया पूरा गरी पैठारी गर्न अनुमति दिने निर्णय भएको छ,” राजपत्रमा उल्लेख छ ।

केराउ, सुपारी, छोकडा र मरिच आयातमा इजाजतपत्रको म्यादभित्र सिपमेन्ट गर्नुपर्ने

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

कोटा पुगेपछि केराउ, छोकडा, मरिच र सुपारी आयातमा पुन:बन्देज

बन्देज खुला भएसँगै केराउ, सुपारी र छोकडा आयातको माग उच्च

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।