आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक्वायर गर्ने भएपछि नेप्सेले असोज २३ गते आइतबारदेखि आदर्शको सेयर कारोबार रोक्का गरेको हो । प्राप्ती सम्झौता भएकाले डिप्रोक्सको सेयर कारोबार भने सुचारु नै रहनेछ । दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।…