श्रृजनशील लघुवित्तले ३ करोड ३७ लाखको आईपीओ जारी गर्ने

श्रृजनशील लघुवित्तले ३ करोड ३७ लाख बराबरको आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सनराइज क्यापिटललाई साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्तले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम ३ करोड ३७ लाख २ हजार ५ सय रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो…