सिंगटी हाइड्रोको आईपीओ शुक्रबार ११ बजे बाँडफाँड हुने

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ः०० बजे आईपीओ बाँडफाँड हुने क्यापिटलले जानकारी दिएको छ । कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।…