नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले बताए । आर्थिक हिनामीना, कर्मचारी माथी दुरब्यबहार लगायतका ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्री परिषदले पर्यटन सचिब महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिको सिफारिसमा अधिकारीलाई बर्खास्त गरिएको हो…