फाइनान्स कम्पनीको खराब कर्जा अनुपात गत आर्थिक वर्ष २०७८/७९ मा २.३९ प्रतिशतले घटेको छ । अघिल्लो आवमा फाइनान्स कम्पनीको खराब कर्जा अनुपात औसतमा ५.८९ रहेकोमा गत आवमा घटेर ३.५० प्रतिशतमा झरेको छ । गत आवमा सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीमध्ये दश कम्पनीको खराब कर्जा अनुपात अघिल्लो आवको तुलनामा घटेको छ भने पाँच कम्पनीको भने बढेको…