नयाँ नआउँदासम्म विद्यमान सञ्चालन समितिलाई निरन्तरता दिने श्री इन्भेष्ट फाइनान्सको निर्णय

श्री इन्भेष्ट फाइनान्सले साधारण सभाबाट नयाँ सञ्चालक समिति सदस्य निर्वाचित नभएसम्मका लागि फाइनान्सको विद्यमान सञ्चालक समितिका सदस्यहरुलाई निरन्तरता दिने भएको छ । फाइनान्सको २०७५ असार २२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट निर्वाचित भई क्रियाशील रहेको विद्यमान सञ्चालक समितिका सदस्यहरुको कार्यकाल मिति २०७९ असार २१ गते मंगलबार समाप्त हुँदैछ । यद्यपी कम्पनीको आगामी २८…