नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को २३ हजार ७३९ कित्ता शेयर लिलामी बिक्रीमा आउने भएको छ । राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बैंकले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद शेयरमा सो परिमाणमा शेयर अवितरित भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । बैंकले पुस २८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका…